जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार २०:३८

जनता समाजवादी पार्टी आयोगमा दर्ता, बाबुरामको नाम काटेर राखियो चौथो वरियतामा


काठमाडौं, जेठ २५

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मिलेर बनेको सो पार्टी दर्ता गर्ने बेलामा नाटकीय मोड लिएको छ ।

महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष बन्नु भएको छ । तर, यसअघि बरियतामा अगाडी रहनु भएका डा. बाबुराम भट्टराईको वरियता घटाइएको छ । भट्टराई भन्दा अगाडी वरिष्ठ नेताको पहिलो सूचिमा अशोक राईलाई राखिएको छ । भट्टराईलाई दोस्रो तथा समग्रमा चौथो वरियतामा राखिएको छ । राजेन्द्र महतो भने पाँचौ नम्बरमा हुनुहुन्छ ।

निर्वाचन आयोगमा दल दर्ता गर्न लैजादा भट्टराईको नाम दोस्रो वरियतामा रहेको र संघीय परिषद्को अध्यक्ष बनाइएको थियो । जुन सेरोमोनियल जस्तै हो । तर, दर्ता गर्ने बेला भट्टराईको नाम काटेर वरिष्ठ नेताको लाइनमा राई भन्दा तल पेनले लेखिएको छ ।

ठाकुर र यादवको अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ ।