काडमाडौं, असार २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमतिका निर्णायक बार्ता जारी रहेको र छलफल निकाश उन्मुख रहेकोले आज बिहान ११ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच कही दिनयता लगातार बार्ता भइरहेको छ । बार्ता सकारात्मक रहेको र निश्कर्षको बिन्दुमा पुगेको बार्तामा सघाइरहेका नेकपाका दोस्रो तहका नेताहरुले बताएका छन । सोही कारण आजको लागि तय भएको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभएको छ ।
नेकपामा पार्टी एकताको बेला भएको सहमति र बिधानलाई पुरै लत्याएर एकता नै भाँडने उदेश्यका साथ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिरुद्ध बहुमतको नाममा घेरावन्दी भएपछि झण्डै बिभाजनको अवस्थामा पुगेको थियो । पछिल्लो बार्तामा अध्यक्षद्वय ओली र प्रचण्डले एकता गर्दाका सहमति, मंसिर ४ मा भएको सचिवालयको निर्णय र एकता भाँडन भइरहेको चलखेलबारे गम्भीर ढंगले छलफल गरेपछि बार्ता निकाश उन्मुख रहेको हो । नेकपामा बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई अध्यक्षद्वय ओली र प्रचण्ड सरहकै हैसियत र भुमिका चाँहिने भन्दै दुई अध्यक्षबीचको सहमति आफूलाई मान्य नहुने आफू निकट नेतासँग बताई सक्नुभएको छ ।
नेपालको अडान पार्टी एकताबिरुद्ध रहेको निश्कर्षमा दुवै अध्यक्ष पुगेपछि थप छलफल र निकासका लागि आजको बैठक स्थगित गरिएको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताए । ‘दुई अध्यक्षबीच सहमतिका लागि समय दिन बैठक स्थगित भएको हो, पार्टी एकता गर्दा भएको सहमति मान्दिन भनेर कनै नेताले भन्छन भने त्यो पार्टी फुटाउने अभियान हो, एकताबिरोधी षडयन्त्र हो भन्नेमा दुवै अध्यक्ष प्रष्ट भइसक्नु भएको छ,’ त्यही मान्यताका साथ उहाँहरु सहमतिमा पुग्न लाग्नुभएको छ, ती नेताले भने ।
यो पनि पढनोस













प्रतिक्रिया दिनुहोस्