जनता टाइम्स

२४ असार २०७७, बुधबार ०९:०८

शंकर पोखरेलले दिए नेकपा बिवाद समाधानको सुत्र


एकता महाधिवेशन नहुदासम्म दुई अध्यक्ष र सहमतीका आधारमा पार्टी संचालन एकताको मुलमर्म हो। पार्टी एकता जोगाउन त्यसको पालना गरौ/गराऔं 

काठमाडौं, असार २४ । प्रदेश ५ का मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले महाधिवेशनसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पष्पकमल दाहाल, प्रचण्डको सहमतिका आधारमा पार्टी सञ्चालन नै समस्या समाधानको सही बिधि र तरिका भएको प्रष्ट पार्नुभएको छ ।

महाधिवेशनमा पराजीत नेता नै बहुमतको नाममा पार्टी सत्ता ‘कू’ गर्न लागेको बेला पोखरेलले यस्तो भनाई राख्नुभएको हो । ‘एकता महाधिवेशन नहुँदासम्म दुई अध्यक्ष र सहमतीका आधारमा पार्टी संचालन एकताको मुलमर्म हो। पार्टी एकता जोगाउन त्यसको पालना गरौ/गराऔं,’ नेकपा बिवादको समाधानको सुत्र राख्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ।

नेकपाभित्र बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई अध्यक्षद्वय ओली र प्रचण्ड सरहको हैसियत र भुमिका चाहिने भन्दै एक ब्यक्ति एक पदकको आडमा प्रधानमन्त्री वा पाटीृ अध्यक्ष पद हत्याउने योजनाका साथ अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दीमा हुनुहुन्छ ।

बिवाद समाधानका लागि दुई अध्यक्षले बनाएको अनौपचारिक कार्यदलका सदस्यसमेत रहनुभएका पोखरेलले पाटीृ एकता जोगाउने सही बिधि दुई अध्यक्षको सहमतिमा निर्णय भन्दा अर्काे बिकल्प नरहेकोप्रष्ट पार्नुभएको हो ।