स्याङ्जा, साउन ७
स्याङ्जामा आज बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताउनुभयो ।
मृतक सारुको २० वर्षीया छोरी नारायणी सारु भने घाइते हुनुभएको छ । नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको उहाँले सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्