सुर्खेत, भदौ २३
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र) र सदस्य रत्न गाहामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ गते पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना रिपोर्ट पोजेटिभ आएको भन्दै सचिव जिसीले सबैलाई सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको र आफै सामान्य अवस्थामा जस्तै स्वस्थ रहेको पनि उहाँले सुनाउनुभएको छ ।
त्यस्तै नेकपाका जिल्ला सदस्य रत्न गाहाको पनि रिर्पोट पोजेटिभ आएको छ । सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बस्नुभएको छ भने गाहा होम आइसोलेसनमा बस्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्