भक्तपुर, भदौ २३ । महानगरीय अपराध महाशाखाले ठूलो परिमाणमा अबैध लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
महाशाखाका टोलीले भक्तपुरबाट ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु वीरगञ्जबाट ट्रकमा आएको बताइएको छ ।
पक्राउ परेका व्यक्ति, लागूऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण आउन बाँकी छ । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अनुसन्धान जारी रहेकाले सबै कुरा अहिले नै सार्वजनिक नमिल्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्