जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १६:३०

सोमबार कोरोनाले ९ जनाको लग्यो ज्यान, हालसम्म नेपालमा ६४५ को मृत्यु


काठमाडौं, असोज २६

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ९ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २ महिला र ७ जना पुरुष गरि ९ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.५८ प्रतिशत हो ।