काठमाडौं, कात्तिक ६
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक हजार १५५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनालाई कोरोना पोजेटिभ देखिएको हो । देशैभरि आज ३६३७ सङ्क्रमित थपिएका छन् । विहिबार देशभर थप ३२१५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या १ लाख २८२० पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ९१४३, प्रदेश २ मा १५९३०, बाग्मति प्रदेशमा ४७५७७, गण्डकी प्रदेशमा ५०६८, लुम्बिनि प्रदेशमा १२८५३, कर्णाली प्रदेशमा ४१२५ र सुदुरपश्चिम प्रदेशमा ८१२४ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६९.२ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्