विराटनगर, कात्तिक ७
प्रदेश–१ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण भएको छ । कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएका उहामा बिहिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएको हो ।
मन्त्री कार्कीले आफ्नो अवस्था सामान्य रहेको र रुघाखोकी भने लागेको जानकारी दिनुभएको छ । उहा यसअघि साउन २९ गते पनि कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएको थियो । तर, त्यस बेला कोरोनाको परीक्षणमा नेगेटिभ आएको थियो । ‘आश्बिन २९ गतेको पिसिआर परिक्षणमा नेगेटिभ देखिएको थियो । त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो सामन्यतया आईसोलेटेड भएरै बसे, र हिजो पुनः कन्ट्याक्ट् ट्रेसिङकै आधारमा पिसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको छ’, उहाले भन्नुभयो ।
मन्त्री कार्कीको हाल स्वास्थ्य अबस्था भने सामान्य रहेको छ । प्रदेश राजधानी बिराटनगरमा आफ्नै निवासमा आईसोलेटेड भएर बस्नु भएको छ । यस बिचमा आफ्नो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन उहाले अनुरोध समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्