काठमाडौं, कात्तिक १७
पछिल्लो २४ घण्टामा देशभर २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा संक्रमण पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । गत २४ घण्टामा १३ हजार ४४६ जनाको पीसिआर परीक्षण गरिएको थियो ।
त्यस्तै आज कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ३१५० रहेको छ । अहिलेसम्म १ लाख ३७ हजार ९९२ जनालाई स्वास्थ्यलाभ भएको छ । यस्तै २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
देशभर सक्रीय संक्रमितको संख्या ३० हजार ९२४ रहेको छ भने होम आइसोलेशनमा ३० हजार ९२४ जना हुनुहुन्छ । त्यस्तै आईसियुमा ३४७ रहनुभएको छ । देशभर भेन्टीलेटरमा ७४ जना हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्