काठमाडौं, मंसिर ८ । पछिल्लो २४ घटामा नेपालमा एक हजार ९ सय ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ३८१ जनाको आरटी पीसीआर परीक्षण गर्दा संख्यामा संक्रमित थपिएका हुन् ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्