जनता टाइम्स

७ पुष २०७७, मंगलवार १८:१८

भोलि १ बजे बस्ने गरी सकियो कांग्रेस केन्द्रीय समिति बैठक


काठमाडौं, पुस ७

कांग्रेस केन्द्रीय समिति बैठक भोलि १ बजे बस्ने गरी सकिएको छ । संसद विघटन भएपछि आज पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले अहिलेको स्थितिमा पार्टी संयमित हुँदै जिम्मेवार ढंगमा प्रस्तुत हुने बताउनुभएको छ ।

त्यस्तै बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन मात्रै नभइ दलीय फाइदाभन्दा माथि उठेर संविधान र परिवर्तन जोगाउने गरी कांग्रेसले उपयुक्त निर्णय लिने प्रतिक्रिया दिनुभयो । बैठकको कार्यसूचीमा सबै सदस्यले धारणा राख्न पाउने बताइएको हुँदा बैठक केही दिन लम्बिनेछ ।