चितवन, पुष ११
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालय युवाहरुले कब्जामा लिएका छन् । पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्लामा युवाहरुले आज विहान गएर कुनै पनि गुटका कार्यक्रम गर्न नपाइने भन्दै कब्जा गरेका हुन् ।
शनिबार बिहान पार्टी कार्यालयमा पुगेका युवाहरुको समुहले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो ।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् । जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड–माधव नेपाल समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्