भक्तपुर, पुस १३ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने प्रष्ट पार्नुभएको छ । संसद विघटनको बिरोधमा आज आयोजित बिरोध सभामा बोल्दै देउवाले यस्तो बताउनु भएको हो ।
कांग्रेस सभापति देउवाले अदालतमा बिचाराधीन बिषयमा सडकमा आन्दोलन गरेर धम्की दिने काम गलत रहेको पनि बताउनु भयो । प्रतिनिधिसभा बिघटनपछि नेकपाबाट अलग भएको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालको समुहप्रति लक्षित गर्दै देउवाले अदालतलाई धम्क्याउने काम गलत रहेको बताउनु भयो ।
‘संसद बिघटनको विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् भन्दैनौं,’ संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई आज सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो, हाम्रो इच्छाविरुद्ध होस कि इच्छाअनुसार होस, अदालतको निर्णय मान्छौं ।’













प्रतिक्रिया दिनुहोस्