जनता टाइम्स

२१ पुष २०७७, मंगलवार १८:३७

काठमाडौंको वायु प्रदूषणमा उल्लेख्य सुधार, मंगलबार साँझको यस्तो छ मापन


काठमाडौं, पुष २१

काठमाडौंको वायु प्रदूषण मंगलबार साँझ अपेक्षा गरेभन्दा निक्कै सुधार आएको छ । सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा गरिएको मापनमा मंगलबार साँझ पाँच बजे ५ मा झरेको देखाएको छ । यो निक्कै सुधार भएको हो । सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषण तीन सय एक्वुआईमाथि नै थियो । अपरान्हपछि आकाश खुल्दै गएकाले प्रदूषण कम हुँदे गएको हो । स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो । मंगलबार यो समाचार तयार पार्दासम्म काठमाडौंको वायुको एक्वुआई ५ मा झरेको एक्युएआइआरको बेवसाइटमा उल्लेख छ ।

एक्वुआई ५० हुनु राम्रो मानिन्छ। ० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो । वातावरण विभागका उपमहानिर्देशक ईन्दुविक्रम जोशीले वायु प्रदूषण विस्तारै कम हुँदै गइरहेको बताउनु भयो ।