जनता टाइम्स

२५ पुष २०७७, शनिबार १८:२५

चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी : न्यायालयलाई नधम्क्याउनुस्


काठमाडौं, पुस २५। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ। आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले अदालतलाई नधक्याउन सचेत गराउनु भएको छ ।

एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उहाले भन्नुभयो , ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

उहानले भन्नुभयो, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’ अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे ।

प्रधानमन्त्री ओलीले अघि भन्नुभयो , ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘ आफूहरुले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको उहाले बताउनुभयो ।