काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई तीन महिनामा नागरिक समाजका अगुवा बनाउने बताउनुभएको छ ।
प्रचण्ड र नेपालले पार्टी चलाउन नसक्ने उहाँको टिप्पणी छ। आज नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘एक जना साथी त अस्ति नागरिक अगुवा भएर जानुभएछ। यसो चित्र निहालेर हेरेँ अरू अझै गएका रहेनछन्। प्रचण्ड नेपालहरूको पनि बाटो त्यही हो।’ प्रधानमन्त्री ओलीले प्रचण्ड९नेपाल तीन महिनामा नागरिक समाज हुने पनि ओलीको दाबी छ। उनीहरू पनि त्यहीँ पुग्छन्। पार्टी सिध्यो। तीन महिना लाग्छ। तीन महिनामा यिनीहरू पनि नागरिक समाज हुन्छन्।’ प्रचण्ड९नेपाललाई नागरिक समाजका सम्मानित व्यक्तित्व बनाएर राख्नुपर्ने ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ठिक गरेको पनि दाबी गर्नुभएको छ । उनले अस्थिरता रोकेको समेत दावी गर्नुभयो । अबको चुनावबाट देशभक्तिलाई जनताले जिताउने समेत उहाँले जीकिर गर्नुभयो । चुनावमा जान प्रचण्ड(नेपाल डराएको र चुनावदेखि आत्तिएको ओलीको आरोप छ।













प्रतिक्रिया दिनुहोस्