काठमाडौं, फागुन १६ । भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने अभियानको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आफू भारतीय दलाल नै रहेको दुई प्रमाण आफ्नै मुखबाट दिनुभएको छ । अदालतबाट संसद पुनःस्थापना भएलगत्तै प्रचण्डले नेपालका लागि होइन, भारतको लागि कम्फटेवल सत्ता समिकरणको प्रस्ताव गरेर आफू भारतकै योजना पूरा गर्न नेपालमा षडयन्त्र गरिरहेको तथ्य बाहिर ल्याउनु भएको थियो ।
नेपाली कंग्रेस, हामी (प्रचण्ड माधव समुह) र जनता समाजवाद पार्टी मिल्नु भनेको भारतको निम्ति पनि यो भन्दा कम्फटेवल समिकरण हुँदैन, आफ्नो मालिकको हितमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने उदघोषका साथ प्रचण्डले एक टेलिभिजनमा भन्नुभएको छ ।
हेर्नाेस पहिलो भिडियो
भारतको दलाली गर्दै प्रचण्डले आफूलाई भारतको राजनीतिज्ञदेखि जनतासम्मले चिनेको भन्दै सोही अनुसार भारतको हितमा काम गर्ने खुलेयाम घोषणा गर्नुभएको छ । प्रचण्डको यो घोषणाले उहाँ भारतको दलाल नैरहेको प्रष्ट प्रमाण दिन्छ ।
हेर्नाेस दोस्रो भिडियो
यी दुई भिडियो हेरेपछि प्रचण्डले प्रधानमन्त्री ओली हटाउन भारतकै योजनामा लागेको प्रष्टै हुन्छ । नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार र आफ्नै पार्टीका अध्यक्षलाई फालेर प्रचण्डले भारतको लागि नेकपा बिभाजन गरेको तथ्य पनि यस घटनाक्रमले छर्लंगै पारेको छ ।
प्रतिक्रिया दिनुहोस्