काठमाडौं, चैत्र ३
‘पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु’, प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिएको अभिव्यक्ति हो यो । प्रचण्डसँग पार्टीगत सहकार्य गर्दै आउनु भएका नेता माधवकुमार नेपालले बुधबार आफ्नो गुटको राष्ट्रिय भेला बोलाएपछि अध्यक्ष ओलीले त्यसको अघिल्लो दिन दिएको अभिव्यक्ति हो ।
नेता नेपालले कुन विधानको कुन धाराअनुसार राष्ट्रिय भेला बोलाएको भनेर भन्न सक्नु भएको छ । उहाले एमालेमा कुन पदको हैसियतले भेला बोलाएको भनेर पनि खुलाउन सक्नु भएको छैन । नवौं महाधिवेशनमा अध्यक्षमा पराजित उहाले बोलाएको बैठककै वैधानिकतामा प्रश्न उठिरहेको छ । आफुलाई सिंगो पार्टीको अध्यक्षमा निर्वाचित हुन नसकेपछि उहामा ‘टिके अध्यक्ष’ को भूत चढेकाले नेकपा एमाले विभाजन गराउने चलखेलमा रहनु भएका एमालेका एक नेताको भनाई छ ।
दुई ठाँउबाट निर्वाचनमा पराजित हुँदा प्रधानमन्त्री, नेकपा विभाजन हुँदा कार्की ब्याङकेटको अध्यक्ष (जसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत खारेज) बन्नु भएको थियो । एमाले बनेपछि अध्यक्ष पद गुमाउनु भएका नेता नेपालले आफ्नै समुहको अध्यक्ष बन्ने प्रयास गरिरहनु भएको ति नेताहरुको आरोप छ । नवौं महाधिवेशनमा जित निकालेर अध्यक्ष बन्नु भएका ओलीले पार्टीलाई एक ढिक्का बनाउन पटक पटक वार्ता गरेपनि नेता नेपाल मान्नु भएको छैन ।
नेपालका सहयात्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले उहाँ पार्टी फुटाएर माओवादीमा आउने घोषणा गरिसक्नु भएको छ । तर, एमाले हुँ भन्ने नेता नेपालले त्यसको अहिलेसम्म विरोधसम्म गर्नु भएको छैन । जसले गर्दा उहाँका गतिविधि एमालेमा मान्य नहुने चेतावनी पाइसक्नु भएको छ ।
नेता नेपालले पटक पटक भन्दै आउनु भएको विधि र पद्धति अब उहाँ आफैलाई भारी पर्ने भएको छ । पार्टीको विधि र पद्धतीले नै उहालाई आफै कारवाहीको भागिदार बनाउने भएको छ । अध्यक्ष ओलीले भनेजस्तै के छ त नेकपाको अनुसानको कारवाहीमा । यहाँ हामीले सोही विषय उल्लेख गरेका छौं । यस्ता कामकारवाही गरे एमालेमा अनुशासनको कारवाही गर्नुपर्ने उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्