काठमाडौं, चैत्र ५
नेकपा एमालेका खनाल–नेपाल समुहले नेकपा विघटन गरेर एमाले ब्युँताएकोमा आपत्ति जनाएको छ । खनाल–नेपाल गुटको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गर्दै एमाले बन्नु परेकोमा आपत्ति जनाएको हो ।
भेलाले संसद् पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ । एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । भेलाले देशलाई उचित निकास दिन राजनीतिक दलहरुसँग आव्हान, भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न पनि माग गरेको छ ।













प्रतिक्रिया दिनुहोस्