जनता टाइम्स

१ बैशाख २०७८, बुधबार ०९:५८

प्रधानमन्त्री ओलीले दिनुभयो सभामुख सापकोटा संबिधानभन्दा धेरै बाहिर पुगेको यो तथ्य


काठमाडौं, बैशाख १ । प्रधामनमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा संबैधान भन्दा बाहिरबाट चलिरहेको तथ्य खोल्नुभएको छ । नयाँ वर्षका अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै प्रधानमन्त्री ओलले यस्तो तथ्य खोल्नुभएको हो ।

उहाँले सभामुखको नाम नलिइकन सापकोटाले संविधान नमानेको बताउनु भयो । प्रधानमन्त्रीका अनुसार सरकारले संसदमा धेरै पहिला नै एमसीसी अनुमोदनका लागि संसदमा पठाएका तर सभामुखले संबिधानबिपरित संसदमा निर्णयार्थ पेश नगरिएको हो ।

‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यसलाई संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि रोक्ने संवैधानिक अधिकार कसैसँग हुँदैन । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ सभामुख सापकोटाको बदमासी खोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।