ओखलढुंगा, बैशाख ३
ओखलढुङ्गा लिखु गाउँपालिका–८, भन्ज्याङ्गस्थित गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेल र लिखु गाउँपालिका–८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीनवटा घर ध्वस्त भएका छन् । ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र वडाध्यक्ष विशालको घर जलेर नष्ट भएको हो । वडाअध्यक्षको आफ्नै दाई पालिका अध्यक्ष पौडेलले भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट क्षतिग्रस्त बताउनुभयो । उक्त घरमा मान्छे नसुत्ने भएकाले मानवीय क्षति हुन नपाएको हो ।













प्रतिक्रिया दिनुहोस्