जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १२:२९

सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त


काठमाडौं, बैशाख ६

सर्वोच्चको अदालतमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त हुनु भएको छ । संसदीय सुनुवाईपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज उहाँहरुलाई न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।