काठमाडौं, वैशाख १२। एमाले अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको छ । बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नपालले बिपक्षीसँग मिलेर पार्टीकै बिरुद्धमा अभियान चलाउन चालेको सूचना पाएपछि अध्यक्ष ओलीले आज आकस्मिक रुपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको हो ।
बैठक ११ बजे बोलाइएको केन्द्रीय सदस्य दीपक देवकोटाले जानकारी दिनुभयो । आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ । केन्द्रीय कमिटी सदस्य देवकोटाकाअनुसार यसअघि वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरता भए पनि बाँकी नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुनसक्छ ।
गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने केन्द्रीय सदस्य देवकोटाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्