जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १४:१९

एक कदम पछि हटेर फेरि बार्तामा बसे ओली–नेपाल


काठमाडौं, बैशाख ३० । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरू भएको छ । अध्यक्ष ओली र नेता नेपालबीच केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्तास्थल भने गोप्य राखिएको छ । ‘प्रधानमन्त्री र माधव कमरेडबीच भेटबार्ता सुरु भएको छ, स्थानबारे अहिले जानकारी नदिने कुरा भएको छ,’ भट्टराईले जनताटाइम्ससँग भन्नुभयो । नेता नेपालसँग छलफलका लागि प्रधानमन्त्री एक घण्टा अगाडि वालुवाटरबाट बाहिरिनु भएको थियो ।

नेताद्वयबीच बुढानिलकण्ठस्थित एक निजी निवासमा छलफल भइरहेको स्रोतको भनाई छ । आजको छलफलमा एमालेलाई एकतावद्ध बनाएर लैजाने बिषय रहेको छ ।