जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार ०६:४७

कोरोना संक्रमणबाट सम्पादक कार्कीको निधन


काठमाडौं, जेठ २

कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको शनिवार राती निधन भएको हो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्कीले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्नुहुन्थ्यो ।

२०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मनुभएका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध हुनुहुन्थ्यो । सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष हुनुहुन्थ्यो । जनताटाइम्स नेपाल सम्पादक कार्कीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।