काठमाडौं, जेठ ३
देशभर आज ५ हजार ७६७ जना व्यक्ति निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ३ लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार २४७ जना संक्रमित पुष्टि भएका छन् ।
पिसिआरबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका हुन् । त्यस्तै आज २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार २१५ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ भने ७०८ जना क्वारेन्टाइनमा रहेका छन्।













प्रतिक्रिया दिनुहोस्