काठमाडौं, जेठ ७ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेको राजीनामा भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै कडा प्रश्न गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत नलिई मार्गप्रश्स्त गरेका भन्दै आज साँझ ५ बजेसम्म बैकल्पिक सरकार गठनको आह्वान भएपछि केही दलले आपत्ति जनाएपछि थापाले यस्तो प्रश्न गर्नुभएको हो ।
यस्तो छ थापाको भनाई
‘मार्गप्रशस्त’ भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ?
बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त !
‘के को सारंगी र्याईर्याई
भयो जीवन तिरिमिरी झ्याई ?’













प्रतिक्रिया दिनुहोस्