जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार १८:३०

जापानबाट १६० थान अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सहायता आइपुग्यो नेपाल


काठमाडौं, जेठ २०

जापानले सरकराले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध स्वास्थ्य सहायता उपलब्ध गराएको छ । जापानले पठाएको १६० थान अक्सिजन कन्सनट्रेटर सहयोग नेपालले प्राप्त गरेको हो ।

थप ६ वटा एम्बुलेन्स आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानले उपलब्ध गराएको २५ थान ब्लड ग्याँस एनालाइजर्स र २५ थान अल्ट्रासाउन्ड इमेज जडान गरिएको पनि मन्त्रालयले जनाएको छ ।