पोखरा, असार १
गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा पेश गरेकी नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ । नीति तथा कार्यक्रम दुई दिनसम्म छलफल भएको थियो ।
आज नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिनुभएको थियो । पोखरेलले जवाफमा प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता भएको बताउँदै बजेटमा अन्य पुरानै योजनालई निरन्तरता दिने बताउनुभयो । मुख्यमन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारीले नीति कार्यक्र पारितका लागि निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्