जनता टाइम्स

२ असार २०७८, बुधबार १२:३४

एमाले महासचिव पोखरेललाई पूर्वप्रधानमन्त्री खनालको सुझाव : पार्टी मिलाउनुस कमरेड..


काठमाडौं, असार २

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललेलाई पार्टी मिलाउने जिम्मा सुम्पिनुभएको छ । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको बेडबाटै पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले यस्तो आग्रह गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री एवं महासचिव पोखरेलले खनाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको छ । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’ भनेर आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

महासचिव पोखरेलले भने ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं !’ भन्नुभएको उहाँले सुनाउनुभयो । आज दिउँसो पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि दिल्ली जाँदै हुनुहुन्छ । उहाँको एपोलो अस्पतालमा उपचार हुने भएको छ ।