कांग्रेस भारतेली शासक वर्गको त्यही कुदृष्टि कार्यान्वयनको औजार बन्न दत्तचित देखिन्छ । नेपाल मात्र संसारमा यस्तो औद्योगिक हब हुने संभाव्यता बोकेको देश हो, जहाँबाट उत्पादित सामानले दुई अर्व उपभोक्तासम्म सबैभन्दा चाँडो पुग्छ । अरुको बहकाउका पछि लागेर नेपालको यही उज्जल पक्ष नष्ट पार्नु कांग्रेसको प्राथमिकता र प्रयोजन हो । कांग्रेसको मक्सत मोदीको पक्षमा, माटो, समृद्धि र जनजीविकाको विपक्षमा उभिएर महत्वपूर्ण समय बर्बाद पार्नु नै हो । जनताको चाहना त्यसको विपरीत माटो रोज्नु हो
दयालबहादुर शाही
‘नजाऊ है सानु पधेरीमा
आफ्नै छाँयाले पनि
साथ दिन्न भन्छन अँधेरीमा ।’
मायप्रितीको यो गीत नेपालको देशभक्तिपूर्ण आन्दोलन र देशभक्तका बिरुद्धको घेराबन्दीमा पनि लागू भएको छ । २०७७ साल जेठ २९ गते लिम्पियाधुरा समेटिएको संकल्प प्रस्ताव प्रतिनिधि सभाले एकमतले पारित गर्यो । दक्षिण एशियाको एक्लो महाशक्ति भारतलाई चिडाएर उठाइएको देशभक्तिपूर्ण कदमको एक वर्ष नपुग्दै यो अभियानको महानायक शक्ति तत्कालीन नेकपा करिब तीन टुव्रmा भएर यस वर्षको जेठ २८ गते तीमध्येका दुई प्रचण्ड खेमा र माधव खेमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्ष उचिएर तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउबाको दैलोमा पुगेर प्रधानमन्त्री बनाउन तयार हुनुले हरेक देशभक्तले आफ्नै छाँयाको पनि भरपर्न नहुने देखाएको छ । देशभक्त कित्ताबाट प्रचण्ड र माधवको कलापूर्ण पछिहटाई लिम्पियाधुरा संकल्प प्रस्तावको एक वर्ष नपुग्दै छोटो समयमै भएकाले कलापूर्ण हुँदाहुँदै पनि देशभक्तिको थर्मामिटरमा मापन गर्ने हो भने भद्दापूर्ण छ ।
विदुर नीतिले भन्छ, ‘विष पिउने एक्लै मर्छ, हतियारधारीले पनि एउटालाई मात्र मार्छ तर देशको मन्त्र भंग हुँदा राष्ट्र, जनता र शासक सबैको विनाश हुन्छ ।’ नेपाली कांग्रेसले देशको मन्त्र भंग गर्ने ठेक्का लिएकै थियो । यो उल्टो मति र गति कांग्रेसको बाल रोग हो । देउवा नेतृत्वको भारतभक्तिको भजन मण्डलीमा प्रचण्ड र माधवको सामेली जनताको चेतना र सर्वाेच्चतालाई ठाडो चुनौती दिएको छ । जनताले धेरै आशा र भरोसा गरेको यो दलको स्वाभिमानको मेरुदण्ड भाँचिएको पार्टी हो । खाली दिमाग भूतको घर भनेझै कांग्रेस मुद्दाबिहीन बन्ने गर्छ र हस्तक्षेपरुपी डढेलोका लागि घाँसे मैदान भैदिने गर्दछ । ओलीको रिसले यस्तै अवस्थाको नेपाली कांग्रेसका टाट्नाको गोरु बन्न प्रचण्ड र माधवलाई लाज शरम नलागे पनि देशभक्त नेपाली जातीको चेतनाको अखण्ड ज्योती निभ्ने छैन र हिमालय भन्दा जब्बर नेपालको स्भाभिमानको मेरुदण्ड झुक्ने छैन । किनकी नेपालसँग अर्काे बिकल्प छैन । माटो रोज्ने कि मोदी ? जनतासँग रोज्नलाई तेश्रो बिकल्प छैन ।
नेपाली कांग्रेस एक पाको र पुरानो पार्टी हो । हरेक पाको, पुरानो र जनमत भएको यो दलमाथिको जनताको ठूलो लगानी हुन्छ । आशा र अपेक्षा पनि धेरै हुन्छ । यत्रो लगानी बर्बाद भएकोमा जनतामा पश्चाताप छ । कांग्रेस नै राजनीतिक अस्थिरताको जड हो । बिगतका दशकमा यो दल सरकार निर्माण गर्ने र ढाल्ने मेसिन बनेको थियो । कांग्रेसले लिएको गलत नीति र उसले बारम्बार जनताबाट पाएको साथ यो देशको वरबादीको सुरुवात थियो । अझै पनि कांगे्रस नेतृत्व इतिहासबाट पाठ सिक्न चाहँदैन । अग्रज जत्तिकै उत्तराधिकारी हुने भए संसारमा कुनै पनि शक्तिको पतन हुने थिएन र शब्दकोशमा पतन शब्दले स्थान पाउने थिएन । महान विचारक र स्वप्नद्रष्टा मानिने विपीले हिजो साथमा सत्ता नभएर पनि कांगे्रसलाई देश र जनताको आशा र भरोसाको केन्द्रका रुपमा उभ्याएका थिए । पछि कांग्रेस नेतृत्वले दशक सत्तामा सुपरग्लु लगाई टाँसिएर रहने अवसर पाएर पनि निराशा र सन्देह प्रवाह गर्यो । उसले देशका आन्द्राभुँडी अरुको हातमा सुम्पिन धक मानेन । यसैले कांग्रेस मातृभूमिको लागि मुटु नजिकै राखिएको छुरा जत्तिकै घातक छ । जनताको काँधको सदावहार कार्यभार देश बचाउनु हो । कांगे्रस भने पराहीको सेवामा तल्लिन रहेर लम्पसारवादी एजेन्ट उत्पादन गर्ने कारखाना बन्यो । त्यसैले देशको मन्त्र भंग गर्ने कांगेसमाथिको जनकारवाही नै सबै समस्याको रामवाण हो ।
संसारमा विकल्प नभएको कुनै चिज हुँदैन । कांग्रेस एक लोकतान्त्रिक र देशभक्त पार्टी हो भनेर विश्वास गरेका र यसप्रतिको निष्ठा बोकेका जतिले पनि बिस्तारै कांग्रेसको पतनमा नुनिला आँसु बगाउँन छोडे । मोदी होइन, माटो ठूलो ठान्ने जतिले एमालेसँग हात मिलाउन ढिलाई गर्नु हुँदैन । यो युग माटो र मातृभूमिको पक्षमा जनताको लहर उछालसहितको युग हो । हामीसँग इसारा बुझ्ने युवापुस्ता छ । पृथ्वीनारायण शाह र विश्वेश्वरप्रसाद कोइरालाका उत्तराधिकारीबाट निराश हतास भएको जनसमुदायले कृपा गरेर आशा नजरले एमालेतिर हेरिरहेको छ । मदन भण्डारीको अवशान र रिक्तताका कारण करिब दुई दशकसम्म हाबी भएको आन्तरिक शक्ति ऐठनका तगारालाई पन्छाउँदै एमाले उठेको छ । नाकाबन्दीको प्रतिरोध र चीनसँगको पारवहन सन्धी गर्ने दम, दूरदर्शिता र देशभक्तिले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई सरदर नेताको भिडबाट ह्वात्तै माथि उठाइदियो । ओलीको उदयले नेपालीको मरिसकेको आशालाई पुनःजीवित पारिदियो । देशभक्त जनउभार ल्याउनु र हस्तक्षेपको राजनीतिमाथि जनताको कोपरुपी रामवाणको प्रयोग गर्नु ओली लहरको अर्को विशेषता हो ।
लामो समयदेखि नाकाबन्दीको अत्तोलाई भारतले नेपालमाथि व्रह्मास्त्रका रुपमा प्रयोग गर्दै आएको थियो । २०४६ सालमा जनताले जनआन्दोलनबाट पञ्चायत फालेका थिए तर भारतेली शासक वर्गले भने आफ्नो नाकावन्दीको तुरुपले मरिचमान सिंह सरकार उडाइदिएको र पञ्चायती व्यवस्था ढलेको हाउगुजी देखाएर आफूले थमाएका कठपुतली, दलाल तथा तिनका सरकार र सरदारलाई तह लगाउँदै आयो । अब नाकाबन्दीको राजनीतिको मिति चुकेको औषधी जस्तै सान्दर्भिकता गुमाइसकेको छ । ओलीको अडान, आँट, निष्ठा र निर्भिकताका अगाडि अवरोध र अर्घेल्याइँको राजनीति असफल भएको छ । पञ्चशीलको नीति विपरीतका हकर्तमा उत्रिएर नेपालीको स्वाभिमान गलाउन नसकेकोमा विश्वसमुदामाझ भारतेली शासक वर्ग लज्जित हुनुपरेको थियो । नाकाबन्दी जस्तो व्रह्मास्त्र बेकम्मा बनेकोमा भारतेली शासक वर्गको ओठतालु सुकेको छ र चैन हराएको छ । लिम्पियाधुरामाथिको नेपालको स्वभाविक हकदाबीपछि भारत तिरमिराएको थियो । बदलामा भारतको बेतिया मूल थलो भएको माधव नेपाल र नोयडामा तबेलाको घोडाझै पोसेर राखेका प्रचण्डलाई प्रयोग गरेर दुईतिहाई बहुमत नजिकको सत्तारुढ दलको दलको विभाजन गराइएको छ ।
ओलीलाई कसरी कमजोर पार्ने ? अब कुन कार्ड र हाउगुजीले काम फत्ते गर्ने ? मोदी प्रशासन उपायको खोजीमा थियो । देशभक्तलाई तह लगाउन कमजोर कडी हेरिदै थियो । एक्लो दलाललाई बोकेर बदला लिन नसकिएपछि बथानको खोजी कार्य जारी थियो । बथानले पनि काम दिने छाँटकाँट छैन । किनकी बेइमानी दिगो समाधान होइन । नेपाली जनताको चेतना र कोपको मूल्य दीर्घकालसम्म मालिक र दास दुबैलाई महंगो पर्ने निश्चित छ । जनताको शक्ति, एकता, चेतना र चाहनाअनुसार चल्ने, जनताको शक्तिमा विश्वास गर्ने र जनताको कोपदेखि डराउने ओलीको एउटै सही निर्णयले प्रतिष्पर्धीलाई ठाडो उठ्न नदिने गरी पतनको भागेदार बनाइदिएर नेपाली राजनीतिमा तहल्का पिटेको छ । ओलीद्वारा प्रेरित नेकपा (एमाले) नेतृत्वसामु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको विरासत रक्षा गर्ने र जनताका अकांक्षाहरु जनताकै वलवुत्तामा सम्वोधन गर्नुपर्ने एक कठोर अग्निपरीक्षाको चुनौती र अवसर छ । नियमित आकस्मिकताको जादु यस्तै हुन्छ ।
इतिहासले चुनौतीकै बीचमा जसरी पृथ्वीनारायण शाह र विपी जन्मायो र पल्ला भारी पारेको थियो, त्यसरी नै आज नेकपा (एमाले) को उदय भएको छ र जनता जनाद्र्धनको सह्राहनीय साथ, समर्थन र न्यायको तराजु नेकपा (एमाले) तिर दशक दशकसम्म ढल्कदै रहने देखिएको छ । मदन र मनमोहनको अभाव र सीपीको पलायनको संकटको सामना गरेको एमालेले माधवको सक्कली अनुहार उदांग भएकोमा नुनिला आँशु चुहाउनु छैन । जनतामा आशा जगाइराख्नु राजनीतिको धर्म हो । सबै नीति भन्दा हाबी हुन सक्ने सामथ्र्य राजनीतिमा मौजुद रहनुको मूल आधार यसले देश र जनतालाई आधारभूत चेत र तेज दिन सक्नु हो । समकालीन समयको विशेषता र दिशा, समन्धित राष्ट्रका असल र सच्चा मित्रहरुको निक्र्याेल, राष्ट्रिय कोष र आय व्ययको अवस्था, स्वदेश र सहदेशवासीको स्वाभिमान र शक्तिबारे बारम्बार चिन्तन गर्ने क्षेत्र वा कार्यको अर्को नाम राजनीति हो । आधुनिक राष्ट्र राज्यमा दलहरु नै जनतामा निहित सार्वभौम शक्तिको प्रयोग गरिने माध्यम हुन् । जनताको अदालत सामु आफूलाई असल र योग्य विकल्पका रुपमा उभिन दलहरु बीच प्रतिष्प्रर्धा हुने गर्दछ । निकास, विकास, शान्ति, समृद्धि को सन्तुलन कायम राखेर हस्तक्षेपको सशक्त प्रतिरोध आजको हाम्रो कार्यभार हो ।
नेपाली जनताको स्वाभिमान र शक्ति एकत्रित र प्रज्वलित पार्न नेकपा (एमाले) प्रतिष्पर्धामा खरो रुपमा उत्रन सक्यो र इमान्दार देखियो । जनतामा आशा जगाउन सक्नु जस्तो जटिल र उत्कृष्ट राजनीति पस्कन सकेकाले नै एमाले एक्लैले आफ्नो चीर प्रतिद्वन्द्वी नेपाली कांग्रेसलाई इतिहासमा पहिलो पटक माओवादीसँग चुनावी तालमेल गर्न बाध्य हुने हालतमा धकेल्न सकेको थियो । माओवादीसँगको साँठगाँठ र षडयन्त्रका बाबजुद कांग्रेसलाई स्थानीय निकायको चुनावी संग्राममा करारी हारको भागेदार बनाएको थियो । यस विजयश्रीबाट एमालेले नेपाली राजनीतिलाई नयाँ कोर्ष प्रदान गर्न सक्ने दिगो र दरिलो जग तयार पारेको सकेको छ ।
किन नेकपा एमाले सरदर पाटी होइन ? किन एमाले मात्र ठूलो छिमेकीको अगाडि निर्भीकतापूर्वक उभिन सक्यो ? हस्तक्षेप र हैकमवाद अगाडि कांग्रेस र माओवादी केन्द्र किन निहुरी मुन्टी न बनेका थिए ? यसका पछि सिलसिला थियो । एमालेको देखासिकीलाई छोडिदिने हो भने कांग्रेसको रसायन कमाउवादी थियो । झापाली क्रान्तिकारीहरुले २०२८ तिर बुर्जवा शिक्षा बहिस्कार, भूमिगत राजनीति, पूर्णकालीन कार्यकर्ता, स्वावलम्वी अर्थतन्त्र, सशस्त्र संघर्षको माध्यमबाट पञ्चायतको ओठतालू सुकाए । २०४६ सालको जनआन्दोलनका लागि आधार खडा त्यसै भएको थिएन । कांग्रेसभन्दा दरिलो राजनीतिक दलका रुपमा तत्कालीन माले वा एमालेको विकास हुनु इतिहासको माग थियो । तत्कालीन माले नभएको भए गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका दिन पनि बीपी र पुष्पलालका जस्तै पञ्चायती सत्ता र शक्तिको कोपभाजनमा परेरै बित्ने थिए ।
एमालेले यसरी पञ्चायतको तख्ता उल्टाउने तयारी थाल्दा कांग्रेसको आजको नेतृत्व धनी बाबुको पुल्पुलिएको छोराकै तहमा थियो । खुरुखुरु पढ्नु, पञ्च शासकहरुसँग पनि ठिक्क पर्नु, चारैतिर चहार्नु, मनग्गे नाफा कमाउनु, यसो कांग्रेसका पाका नेतालाई पनि भेटेरसँगै फोटो खिचाउनु, कांग्रेसको चवन्नी सदस्यता पनि लिनु, सेटिङ मिलाएर विदेश पढ्न जानु, कांग्रेस बलियो भएपछि चन्दा दिएर पार्टीको टिकट किन्नु, मन्त्री भएर खर्च असुली र नाफा आर्जन गर्नुको सजिलो र फास्ट ट्रयाक भएर कांग्रेस नेतृत्वको ठूलो हिस्सा राजनीतिमा आएको छ । जनतासँग नङ र मासुको जस्तो समन्ध राख्न कांगे्रसले कहिलै जरुरी ठानेन । अझ जनताबीच घुलमिल हुने कांगे्रसजन कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धामा उठ्नै नसक्ने सिलसिला रोकिएको छैन । दुःख गरेका कांगे्रसजन कि त दरिद्री र इमानका कारण तलै खादिएका छन कि त बाहिरिसके । अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकीहरु भने पञ्चायतदेखि कांग्रेसको उत्कर्षकालभर सत्ता राजनीतिमा सदावहार रुपमा उपयोगी रहनु, उनीहरुको पशुपति शमशेरसँग सँधै सुरताल मिल्नु तर सयौं दुर्गा सुवेदीहरु पाखा पर्नुलाई उदाहरण मान्न सकिन्छ ।
माओवादीमा त्यस्तैका दिन फिरे जस्ले द्वन्द्वकालमा लुटेको कालो धन र लडाकु शोषणको दौरानमा काम्लो ओढेर घ्यु खाने सूत्र प्रयोग गरी सहकर्मी, पार्टी, राष्ट्र र जनताको आँखामा छारो हाली गाँठीमुठी हात पारेर आफ्नो वर्गबृद्धि गर्न सके । आफ्नो निम्ति ज्यान हत्केलामा राख्ने अटल नेता नभई आलापालो सांसद र मन्त्री हुने अवसर पाउने २५ थान दम्पत्ती र तिनैले थुपारेको सम्पत्तिको भरपर्ने प्रचण्डको कमजोरीले माओवादीले ठूलाठूला विभाजनका प्रलय भोग्नु परेको थियो । एमालेबिरुद्ध बनाइने सरकारको मुड र लक्ष देश निर्माण गर्नतिर न विगतमा देखियो न भविष्यमा नै हुने छ । किनकी कठपुतलीहरुलाई सञ्चालकले भक्तलाई प्रभुले र दासलाई मालिकले यसरी दायरा तोकिदिएका हुन्छन दिएको–‘समीकरणको खेती गर, सरकारमा टाक्सिएर बस, एमालेलगायतका देशभक्तबिरुद्ध रक्तहीन कोतपर्व रच, देशको दोहन गर्ने परचव्रmी मुद्दालाई सघाऊ, दुर्नाम मिश्रित नाफा कमाऊ, देश बेचेर गुजारा चलाऊ ।’
त्यसैले देशका निम्ति देन दिनु छैन । बरु देशको दोहन गर्ने अवसरवादी उत्पादन गर्ने नर्शरी निर्माण गर्नु कांगे्रस गठबन्धनको प्राथमिकता हो । सुकेको ह्याण्ड पम्पमा एक लोटा पानी हालेर चाहिए जति झिके जस्तै चुनावी खर्च देऊ, टिकट किन र फेरि नाफा कमाऊको चक्र भन्दा पर सोच्ने फुर्सद र आदेश निर्देशित कठपुतलीलाई हुँदैन ।
देश यसरी चल्न सक्तैन । निर्देशित राजनीतिको कष्ट साध्य भारबाट देशलाई मुक्त पार्नु जरुरी छ । यो दोहनको मूल जरो कांग्रेस नै हो । प्रचण्ड–माधव वरपिपलको अतिरिक्त जराको जस्तो भूमिका थपिएको छ । तसर्थ दोहन रोक्न कांग्रेस मुक्त नेपाल हुनु बान्छनीय थियो । अझ पनि नेपाल समृद्ध भएमा सस्ता सेवकको रुपमा जीतबहादुर मगरहरु नपाइने चिन्ता भारतेली शासक वर्गमा छ । त्यसैले नेपालको सत्तामा कठपुतली थमाउनु बाध्यता छ । देशमा अस्थिरता, सत्तारुढ दलमा गोलमाल, समीकरणको खेती र संस्थापनबिरुद्ध बागीको निर्माण, खोजी र परिचालन भारतीय नेपाल नीतिको चुरो हो

देश यसरी चल्न सक्तैन । निर्देशित राजनीतिको कष्ट साध्य भारबाट देशलाई मुक्त पार्नु जरुरी छ । यो दोहनको मूल जरो कांग्रेस नै हो । प्रचण्ड–माधव वरपिपलको अतिरिक्त जराको जस्तो भूमिका थपिएको छ । तसर्थ दोहन रोक्न कांग्रेस मुक्त नेपाल हुनु बान्छनीय थियो ।
अझ पनि नेपाल समृद्ध भएमा सस्ता सेवकको रुपमा जीतबहादुर मगरहरु नपाइने चिन्ता भारतेली शासक वर्गमा छ । त्यसैले नेपालको सत्तामा कठपुतली थमाउनु बाध्यता छ । देशमा अस्थिरता, सत्तारुढ दलमा गोलमाल, समीकरणको खेती र संस्थापनबिरुद्ध बागीको निर्माण, खोजी र परिचालन भारतीय नेपाल नीतिको चुरो हो । सुरुदेखि नै भारत चिडिँदा सडकमा पुर्याइदेला र एमाले जनताको बलमा उठ्दा बडा कष्टले पाएको सफलता दुई दिनको घामछायाँ होला भन्ने भयले गणेशमान सिंह, कृष्णप्रसाद, जीपी र सुशील कोइरालाहरुलाई सताइरह्यो । त्यसैले कांगे्रसले उत्कर्षकाल वा एकाधिपत्य भएको बेला पनि देशको बिकास र जनताको आर्थिकस्तर उकास्न चाहेन ।
०४८ र ०५६ को आम चुनावमा पाएको वहुमतलाई कांग्रेसले देश र जनताको अटल सौभाग्यको पक्षमा, दरिद्री र दुर्भाग्यको विपक्षमा प्रयोग गर्न सक्थ्यो । दरवार र दिल्ली रिझाउने, राप्रपा, सद्भावना पार्टी र साना वामघटकलाई एमालेबिरुद्ध उकास्ने सस्तो राजनीतिले पुगिहाल्ने कांगे्रसको आँकलन रह्यो । दूरगामी महत्वका भूमि सुधार, सुकुम्बासी व्यवस्थापन, हलिया व्यवस्थापन, उद्योगमैत्री वातावरण, राष्ट्रिय महत्वका आयोजनाहरुको छनोट तथा समग्र विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, आर्थिक वर्षको सुरुवाती महिनामै बजेटको निकासा, पारदर्शिता, प्रभावकारी अनुगमन, जनताको व्यापक सहभागिता, युवा पलायनप्रतिको चिन्ता, औद्योगीकरण जोड, आपत प्रतिस्थापनामा जोड, बिकास बजेटको बृद्धि र कार्यान्वयन जस्ता अहं महत्वका मुद्दाहरु तपसिलमा परे । देशको वास्तविकता र जनताको दुःख नबुझेका केही थान डिग्रीधारीको खपत बाहेक कांगे्रससँग कुनै सपना, योजना र संकल्प थिएन ।
आज पनि नेपालमा स्थिरता आउँदा, लगानी बढ्दा, मजदुर सुरक्षाको सुनिश्चितासहित उद्योगमैत्री वातावरण बन्दा र हलो जोत्ने किसानले पुग्दो खेतबारी, सहुलीयत दरको ऋण तथा अन्य सेवा सुविधा पाउँदा, रोजगारी सृजना हँुदा नेपाल दक्षिण एशियामा सुनको टुक्रा बनिहाल्छ कि भन्ने चिन्ता भारतेली शासक वर्गमा बाक्लै छ । कांग्रेस भारतेली शासक वर्गको त्यही कुदृष्टि कार्यान्वयनको औजार बन्न दत्तचित देखिन्छ । नेपाल मात्र संसारमा यस्तो औद्योगिक हब हुने संभाव्यता बोकेको देश हो, जहाँबाट उत्पादित सामानले दुई अर्व उपभोक्तासम्म सबैभन्दा चाँडो पुग्छ । अरुको बहकाउका पछि लागेर नेपालको यही उज्जल पक्ष नष्ट पार्नु कांग्रेसको प्राथमिकता र प्रयोजन हो । कांग्रेसको मक्सत मोदीको पक्षमा, माटो, समृद्धि र जनजीविकाको विपक्षमा उभिएर महत्वपूर्ण समय बर्बाद पार्नु नै हो । जनताको चाहना त्यसको विपरीत माटो रोज्नु हो ।
प्रतिक्रिया दिनुहोस्