काठमाडौं असार २५ । सत्तारुढ नेकपा एमालेमा देखिएको बिवाद समाधान गर्दै एकताका लागि सहमति जुटेको छ । बिवाद समाधानसहित एकताका लागि बनेको कार्यदलको आज साढे सात घण्टा भएको छलफलपछि सुखद परिणाम आएको हो ।
आज दिनभर बसेको वैठक कार्यदल बैठकले एमालेका सवैबिवादको टुंगो लगाएको संस्थापनतर्फका कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिनुभयो । ‘कार्यदलले सवै बिवादको माधान गरेको छ, सुखद परिणाम निकालिएको छ, अव भोलिको बैठकबाट अन्तिम घोषणा गरिनेछ,’ नेम्वाङले जनताटाइम्स डटकमसँग भन्नुभयो । आजको बैठकमा कार्यदल सदस्यहरुले एक एक बिषयमा बहश गर्दै पार्टी एकता जोगाउने निर्णयमा पुगेका हुन ।
कार्यदल सदस्य प्रदीप ज्ञवालीले पनि आजको बैठकले सवै बिवादको हल गरेको जानकारी दिनुभयो । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको जानकारी दिनुभएको हो । ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं,’ ज्ञवालीले भन्नुभयो । सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उहाँले बताउनुभयो । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उहाँले आग्रह गर्नुभयो । ज्ञवालीका अनुसार सहमतिको दस्तावेजलाई अन्तिम रूप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने छ ।
बैठकपछि ज्ञवालीले दिएको प्रतिक्रिया उनकै शब्दमा
कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं । तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।
नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।












प्रतिक्रिया दिनुहोस्