जनता टाइम्स

२६ असार २०७८, शनिबार ११:४६

बाढीपीडित सिन्धुपाल्चोकबासीको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा


काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्न सिन्धुपाल्चोक पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उहाँ केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनस्स्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा जानुभएको हो ।यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरूलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ सगै हुनुहुन्छ ।