जनता टाइम्स

२६ असार २०७८, शनिबार १८:५७

एनआरएनए बेलायतको अध्यक्षमा रोजिना प्रधानको उम्मेदवारी


लन्डन, असार २६

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतकोे अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । भर्चुअल पत्रकार सम्मेलनमार्फत उहाँले उम्मेदवारी घोषणा गर्दै ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गर्नुभएको छ । घोषणापत्रमा बेलायतप्रति पारदर्शी, प्रविधिमैत्री र एकताका लागि प्रतिबद्धतालगायत उल्लेख छन् ।

गोर्खा सैनिक आन्दोलनमा साथ, साना–ठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवद्र्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली भाषा संस्कृति, भेषभूषाको प्रर्वधन, आर्थिक स्थायित्व, एनआरएनए यूके सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, स्मार्ट एनआरएनए, निःशुल्क सदस्यता–स्थायी सचिवालय स्थापनालगायत छन् ।