काठमाडौं, असार ३० । एमाले नेता प्रदीप नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड राष्ट्रपतिबिरुद्ध लाग्नुको खास कारण खोल्नुभएको छ । बरिष्ठ साहित्यकारसमेत रहनुभएका पूर्वमन्त्री नेपालले महिलालाई पहिलो पदमा देख्नै नसक्ने मान्यता देउवा र प्रचण्डमा रहेकै कारण राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि आक्रमण गरिरहेको तथ्य खोल्नुभएको हो । पहिलो प्रधानन्यायाधीश सुशिला कार्कीबिरुद्ध महाअभियोग र राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि अहिले भइरहेको आक्रमण देउवा प्रचण्डको सुनियोजित योजना रहेको समेत नेता नेपालको ठहर छ ।
यस्तो छ नेपालले खोल्नुभएको तथ्य
फैसलापछि मैले तीन जनाको प्रतिक्रिया सुनेँ । एक जना वरिष्ठ अधिवक्ता । उहाँले फैसलाको प्रशंसामा गीत गाउनु स्वाभाविकै थियो । तर उहाँले जब प्रधानमन्त्रीसँगै राष्ट्रपतिले पनि राजीनामा दिनुपर्छ भन्नुभयो– म छक्क परें, । वरिष्ठ अधिवक्ताको ज्ञान यस्तै हुन्छ ? मुद्दा व्यवस्थापिकाको हो । राष्ट्रपति कसरी जोडिन आउनुभयो त्यहाँ ? ! महिलालाई पहिलो पद दिनु हुँदैन भन्ने पुरुष मानसिकता मात्र हो यो ।
काँग्रेसका मान्छेहरू किन महिलालाई पहिलो पदमा आउन हुन्न भन्छन् ? पहिले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि उहाँहरू महाअभियोग लगाउने चेतनामा पुग्नु भएको थियो, अब अहिले विद्या भण्डारीतिर आँखा गाडिएको छ उहाँहरूको । केपी ओलीको ‘मनपरी’ लाई रोक्नेसम्मको फैसलासम्म ठीक छ अदालतको । तर संसद्को अधिकारमाथि आफ्नो अधिकार थोपर्ने काम चाहिँ बेठीकै हो भन्ने मेरो निष्कर्ष हो ।

दोस्रो व्यक्ति हुनुहुन्थ्यो पुष्पकमल दाहाल–केपीलाई ठेगानमा ल्याइयो भन्ने निष्कर्ष उहाँको थियो । तर उहाँले कुन कुरा बिर्सनु भयो भने यो फैसलाले कुनै दिन उहाँलाई पनि यसरी नै दपेट्नेछ । जहाँसम्म माधव नेपालको कुरो छ, मैले यहाँ केही लेखिरहनु नपर्ला । संविधान बचाएँ भनेर उहाँले जति भने पनि प्रजातान्त्रिक पद्धतिमा भनिने शक्ति पृथकीको प्रणालीलाई नै विस्थापित गरिदिनु भयो ।
प्रतिक्रिया दिनुहोस्