जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार २२:४९

प्रधानमन्त्री गराउनुभयो वातावरणीय प्रभावको असरका बारे राष्ट्रसंघीय अधिकारीलाई जानकारी 


काठमाडौ‌ं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिह अलिस्जाहबानाले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्नुभयो । उहाँले वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्वबारे विश्वलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना गरिएको जानकारी गराउनुभएको छ ।

भेटमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।