सत्तामा रहँदाहोस् कि सत्ताबाट बाहिर रहँदा होस, सबै खाले सकारात्मक विरासत रक्षाको लागि दरबार, दिल्ली, उग्रवामपन्थी, वामपन्थी आन्दोलनको फुटवाद, एमालेको शक्ति ऐठनकारी तत्वको चक्रब्यूँह तोड्न जीर्ण र जर्जर कायाधारी केपी ओलीले सामना गर्नु परेको सास्ती र घातैघातको सृंखला हेर्दा घाउ नै घाउले भरिएको अचानोले पनि हात उठाउने र प्वालै प्वालले भरिएको चाल्नोका पनि आँखा रसाउने अवस्था छ
दयालबहादुर शाही
जनादेशको माध्यमबाट २०५१ सालमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारी, २०६५ सालमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र २०७४ सालमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको विस्थापनमा नेपाली कांग्रेस हात धोएर लाग्नु तर जस्केलाबाट २०६६ सालमा प्रधानमन्त्री भएका माधवकुमार नेपाल, २०६८ सालमा प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराई र २०७३ सालमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा छात्ती खोलेर लाग्नुको अन्तर्यसम्म नपुगी नेपालका कम्युनिष्टमाथिको कांग्रेसको सदावहार, अविछिन्न र निरन्तरको खराब नजर, खराब नियत जान्न, बुझ्न र भेऊ पाउन सकिदैन । वामपन्थीहरु उत्कर्षमा पुगेको, आत्मउत्थानमा रहेको, एकतावद्ध भएको र जनताको धाप, छाप र आर्शीवाद पाएर उदाएको कांग्रेसलाई रुच्दैन र पच्दैन पनि ।
कांग्रेसको एकता एमालेलाई कहिलै पनि टाउको दुःखाईको विषय भएन तर कांग्रेस भने एमालेको प्रगति र उदयमा जल्ने र बल्ने गरेको लामो सिलसिला छ । पञ्चायत, प्रतिगमन र प्रचण्डसँगको भिडन्तमा एमाले कांग्रेसको ढाल बनेको सत्यको साँक्षी इतिहास छ । प्रचण्डको प्रकट अधिनायकवादी दुस्साहस जनयुद्ध र छद्म अधिनायवादी दुस्साहस संक्रमणकालमा एमालेले कांग्रेसलाई जोगाएकै हो । यसै आधारमा पढ्न सकिन्छ एमालेको धीरोदात्त, आत्मवली महानायकीय चरित्र र कांग्रेसको निरन्तरको खलनायकी चरित्र । गिरिजाप्रसाद कोइराला जस्ता लौहपुरुषको विस्थापन गरेर, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई उधोरो वा हाल्दाममा राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीका जुठोपुरोमा अल्मलाएर शिखण्डी बनाउँदै जनगणतन्त्र र सत्ता कब्जाको सफल असफल अभ्यास गरी गिरिजा, देउबाहरुलाई दलाई लामा बनाउन तम्सिएका प्रचण्डलाई ओठतालु सुकाउने गरी नाजायज हर्कत गर्नबाट रोक्ने र पछार्ने ओली प्रेरित एमाले थियो ।
बदलामा कांग्रेस भोलि न्याउरी मारी पछुतो हुने तहको परिणाम आउने गरी सक्कली एमालेविरुद्ध उत्रिएको छ । यस प्रकारको कृतघ्नताले कालान्तरमा नोक्सान कांग्रेस आफैलाई नै गर्ने छ । कृतघ्नहरुले भविष्यमा भोग्नैपर्ने दुर्गतिबारे गीताले भन्छ– ‘जो तिम्रो खराब हालतको बेला तिम्रो पछाडि उभिन्छ । सारा सामथ्र्य लगाएर तिम्रा वैरीसँग जुध्ने गर्छ र तिम्रो उद्धारको लागि दिल दिमाग दिन्छ तर तिमी उसैको विरुद्ध कपट गर्छाैं भने यो जान कि तिम्रो पतन निश्चित छ ।’
यसरी स्वभावैले नेपाली कांग्रेस ओलीलाई थला पार्न सुरुदेखि नै गौंडो कुरेर बसेको थियो । सत्य यस्तो जानेर पनि ‘तँ काँडाले कोर्छस, म मायाले मर्छु’ को नीति अवलम्वन गर्दै सासु आमालाई जापानको राजदूतमा अटल राख्दै गधा धोएर गाई बनाउने ओलीको भगिरथ प्रयास जारी रह्यो । साह्रै माथि बज्र भनेझै मातृभूमि र महाशक्तिमध्ये एक रोज्नै पर्ने बाध्यताका कारण निष्कण्टक मानिएको ओलीको सत्तारोहण यात्रा खण्डित बन्न पुगेको छ । २०७७ साल जेठ २८ गते प्रतिनिधि सभाले एकमतले लिम्पियाधुरा समेटिएको नक्शा छाप्ने संकल्प प्रस्ताव पारित गरेको ठीक एक बर्ष नबित्दै तत्कालीन सत्तारुढ दल नेकपा करिब तीन टुक्रामा विभाजित भयो । महाशक्ति राष्ट्रले कमजोर राष्ट्रलाई दिने सास्ती र लिने बदलाको यो एक जिउँदोजाग्दो उदाहरण हो । नेपथ्यमा निर्देशन गर्ने प्रभु भए पनि दृश्यमा विघटित नेकपाका दुई चोइटा– प्रचण्ड खेमा र माधव खेमाको देउबा दैलोमा लज्जाहीन र स्वाभिमानहीन आउजाउ नेपाली जनतालाई नपचेको विषय हो ।
अजिंगरको आहार दैवले पुर्याउँछ भनेझै चार दशक कांग्रेसलाई सत्ताबाहिर राख्ने भनेर डंका पिट्ने प्रचण्ड–नेपाललाई ‘सरकारमा जाने कांग्रेसलाई जनादेश छैन’ भनेर अंगुर अमिला छनको भाषा बोलिरहेको कांग्रेसलाई सत्ता सुम्पिने लाचारीमा उतारिएको छ । लिम्पियाधुरामाथि न्यायिक हकदाबी गर्ने ओलीलाई सत्ताच्युत गर्न गरिएका यी सबै खेल र राजनीतिक परिदृश्यहरु नेपालमा हरेक देशभक्तले सामना गर्नुपर्ने निरन्तरको भूराजनीतिक चक्रब्यूहका उपज हुन् । लिम्पियाधुरामाथिको हकदाबीको हिम्मतको बदलामा ओलीलाई घेरिएको हो । ओलीलाई राज्यसत्ता र पार्टीसत्ताबाट राम वनबास गराउने सफल असफल प्रयासहरुको जड ओलीमा रहेको देशभक्ति हो । लिम्पियाधुरा वा सत्तामध्ये एक छोड्नुपर्ने जान्दाजान्दै पनि ओलीले तुच्छ सत्तामा लज्जाहीन राज भन्दा जनताको न्यानो काख र दिलदेखिको आशीर्वाद रोजेको सत्य जनता जनाद्र्धनको घटघटमा छ । साँचो मित्रले संभावित खतरा र लाभहानीहरुबारे पहिला बताउँछ ।
संसद्ले लिम्पियाधुरा क्षेत्र समेटिएको नक्शा र निशाना छाप छाप्न संविधान संशोधन गरेलगत्तै कांग्रेसका राष्ट्रवादी नेता चन्द्र भण्डारीले ओलीलाई समयमै भनेको कुराको प्रमाण राजेन्द्र बाँनियासँगको भाइरल अन्तरवार्ता हो । चन्द्र भण्डारी र राजेन्द्र बानियाँबीचको एभिन्युजको यस सम्वादले ओलीमाथिको घेराबन्दीको स्वरुप, कारण, ओलीको जोखिम मोल्ने हिम्मत र देशभक्तिलाई उजागर गरेको छ :
मैले आफै भनेको छु– ‘मलाई लाग्छ, तपाईंलाई अब फाल्दिन्छन ।’ यो नक्शाको कुरा छ । यही प्रश्न हो । यो नक्शाको कुरा छ, ‘तपाईंलाई फाल्दिन सक्छन भनेँ ।’ प्रधानमन्त्रीले भन्नुभयो– ‘मलाई फाल्न सक्तैनन । वीरेन्द्रको वंशनाश जस्तै मारिदिन सक्छन् ।’ हेर्नुहोस कति संवेदनशील कुरा छ !”

राजेन्द्र बानियाँ : “तपाईंहरु, नेताहरु मिलेको कस्तो हुन्छ भन्ने कुरा मैले नक्शा सार्वजनिक प्रकरण र निशाना छाप संशोधन गरिएको सन्दर्भमा हेरेको छु । यस्ता दृश्य, यस्ता घटना नेपालको हकमा किन दुर्लभ हुन्छन् ?
चन्द्र भण्डारी : “यो यति ठूलो कुरा छ, म यसको बारेमा प्रधानमन्त्रीलाई भेट्न म र एनपीजी गएका छौं, नक्शा पास हुँदैन कि भन्ने डरले । मिडियामा ‘एमालेमा प्रवेश गर्दै, कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै’ लेखे । तीँ लेख्नेवाला पनि दूतावासबाट पैसा खाने मान्छे रैछन । हामीले पत्ता लगायौं । हामीले के भन्यौं भने नक्शा पास गर्ने कुरा जटिल थियो । हाम्रो कांग्रेसभित्र मेरा एकथरि नेताहरुले के भन्नुहुन्थ्यो भने– ‘यो कुनै पनि हालतमा पास गर्नुपर्छ ।’ दुबै पार्टीभित्र चुनावमा पैसा खाने मान्छेहरु छन । दुबै पार्टीभित्र हामीले गरेका कुरा रेकर्ड पुर्याउने मानिसहरु छन । यिनैबाट जोगाएर नक्शा पास कसरी हुन्छ ? भन्ने कुरा गर्न एनपीजी र म नै गएका थियौं । कसैले पठाएर होइन, हामी आफैलाई चिन्ता भयो । मैले उहाँलाई के भनेँ– ‘प्रधानमन्त्रीज्यू ! यत्रो नक्शा पास गर्ने कुरा जटिल हो । तपाईंले हाम्रो पार्टीभित्र को कोसित कुरा गर्दै हुनुहुन्छ ? तपाईं फलाना फलानासित कुरा गर्नुस । मैले आफै भनेको छु– ‘मलाई लाग्छ, तपाईंलाई अब फाल्दिन्छन ।’ यो नक्शाको कुरा छ । यही प्रश्न हो । यो नक्शाको कुरा छ, ‘तपाईंलाई फाल्दिन सक्छन भनेँ ।’ प्रधानमन्त्रीले भन्नुभयो– ‘मलाई फाल्न सक्तैनन । वीरेन्द्रको वंशनाश जस्तै मारिदिन सक्छन् ।’ हेर्नुहोस कति संवेदनशील कुरा छ !”
‘मलाई फाल्न सक्तैनन’ भन्ने ओली कथनको गूढ अर्थ रहेको छ । हुन पनि राष्ट्रपति, सेनापति वा अदालतमध्ये एकले मर्यादाको उलंघन नगरी ओलीको बहिर्गमन संभव थिएन । न भन्दै जनादेश छायाँमा पार्ने गरी आएको परमादेश ओलीमाथि भारी पर्यो । यसप्रकारका चलखेलहरुका मूल जरा मुलुकभित्र छैनन, । काठमाडौं उपत्यकाको भूगोल जति नै ३१६ वर्ग किमिमा क्षेत्रफलमा विस्तारित कालापानी क्षेत्रको अतिक्रमित भूमि प्राप्तीका लागि हिम्मत गर्दा ओलीले सत्ताच्युत हुनुपरेको छ । यो सब भारतेली शासक वर्गले उन्नति, प्रगति, लय र गतिमा रहेको अर्काे देशको थाप्लोमा क्षति र बर्बादी थोपर्न बसालेको कुलतको उपज हो । अहिले यो सत्य र तथ्यलाई छिपाउन हिसाबकिताबसहित नेपालका नवनियुक्त प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीको तर्फबाट बधाई दिने निरन्तरको सिलसिला र शैली बदलिएको छ । देउबाको थपनामा भारत साखुल्य छ भन्ने देखाउन तत्काल बधाई ज्ञापन गर्ने परम्परा तोडेर देउबालाई बधाई दिन यस पटक हतार गरिएको छैन । नेपाली जनतामा व्याप्त कोपलाई कम गरेर कठपुतलीहरुलाई जोगाउनु यो चलाकीको मक्सत हो ।
जतिसुकै चलखेल गरिए पनि हरेकले हेक्का राख्नु जरुरी छ कि बिच्छीको मन्त्र नजानी सर्पको दुलामा हात हालिएको छैन । सबैखाले राजनीतिक शक्ति केन्द्रका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता जनता जनाद्र्धन हुन । नेपाली जतना जागेको समय हो यो । नेपालमा सबथोकको अभाव भए पनि देशभक्तिको अभाव छैन । आजको नेपाल देशभक्तहरुको धनकुबेर देश हो । नेपालको सौभाग्य यही हो कि युवाहरु इशारा बुझ्दछन । बस्ती बस्तीमा देशभक्तहरुको सक्रियता र प्रतित्युत्पन्न मतीको राज छ । महाशक्तिसँगको हातेपाई महंगो पर्छ भन्ने जान्दाजान्दै युवा पुस्ताले हस्तक्षेप नीतिसँग पंगा लिएको छ । देशभक्तहरुले अब सतीले श्रापेको देश भनेर आँट गलाउने र आँसु चुहाउने स्थिति छैन । गद्दारीको हिसाबकिताब नहुने र कठपुतलीहरु दण्डित नहुने निरन्तरताको क्रमभंग गर्न जनताको अदालत कार्बाहीमा उत्रिसकेको छ ।
देशभक्तहरुमाथि विगतमा कतिसम्म हेपियो र उपेक्षा गरियो एक एक हिसाब गरेरै हिम्मत गरिएको छ । भारतको अटेरी गर्दै देशको पक्षमा उभिनेलाई नेपालमा मृत्युपछि पनि नछोड्ने गरिएको छ । देशको एकमात्र जनजाति मूलको प्रधानमन्त्री मरिचमान सिंहको मृत्यु सम्मानमा राज्यको तर्फबाट हिसाबकिताबसहित गरिएको उदासीनता एक उदाहरण थियो । सूर्यबहादुर थापा र मरिचमान सिंह एउटै ड्याङका मूला थिए । अझ पञ्चायती व्यवस्थाको आदि, मध्य र अन्त्य सबै अवधिमा महापञ्च थापाकै ढलिमली र जगजगी रह्यो । एक हिसाबले भन्ने हो भने काँक्रा चोरेर खाने बाठा सूर्यबहादुर थापा थिए भने अरुले खाएका काँक्रा बियाँ मुखमा टाँसेर कुटाई खाने लाटा मरिचमान सिंह थिए । सूर्यबहादुर थापाको अन्त्येष्टिमा कांग्रेसले मन खुलाएर राजकीय सम्मान दियो तर मरिचमान सिंहलाई राजकीय सम्मान दिनबाट रोक्न खिलराज रेग्मीलाई घेरियो । रेग्मी पनि लर्खराए । सुशील कोइराला, प्रचण्ड र माधव नेपालको खप्की कुल्चने हिम्मत रेग्मीले गर्न सकेनन ।
देशको पक्षमा उभिन नेपालमा कति गाह्रो छ भन्ने कुरा नेपालको उत्तरी नाकाबाट भारतीय चेक पोष्ट हटाउने महान देशभक्त पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको अन्त्येष्टिमा राज्यले सम्मान गर्नुको सट्टा अरु नै बहानाबाजी गर्नुमा पनि देख्न सकिन्छ । यी सबै हर्र्कत थाह पाएर पनि ओलीले स्वाभिमानको मेरुदण्ड नगुमाएकाले जनताले चाहे अनुसारको नेता पाएका छन । केपी ओलीको दोश्रो पटक सत्ताबाटको बहिर्गमनपछि देशभक्तहरुले भोग्नुपर्ने निरन्तरको जालसाँझीको क्रमभंग गराउने गरी जनउभार उठ्ने संकेत देखिएको छ । ओली बालुवाटारबाट बालकोट सर्ने क्रममा कोरोना त्रास र असारे झरीको वास्ता नगरी जनसमुदायले राजधानीका सडक सडक, चोक चोक र गल्ली गल्लीमा भरी गाग्री, कलश, फूलमाला, स्कर्टिङ, नाराजुलुससहित दर्साएको माया, ऐक्यवद्धता, स्वागत र समर्थन यसको प्रमाण हो । जनताको शक्तिसँग जिस्कदै प्रभु र दासहरुले भने षडयन्त्र गर्न छोड्ने छैनन । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भन्दा अर्को कल्पनै गर्न सकिने ठूलो साजिस भैसकेको छ । त्यो हो– ‘ओलीलाई फेरि कहिलै प्रधानमन्त्री बन्न नदिने साजिस ।’
नेपाली राजनीतिका कठपुतलीको पक्षमा जनादेशको जोहो गर्ने प्रयास गरिने छ । स्थिरता, विकास, समृद्धि र देशभक्तिको गला रेटिने छ अब । घरको भार थामिरहेको बलियो खम्बा उखेल्ने नीति प्रयोग गरेर नेपाललाई निरन्तर कमजोर पार्ने भारतीय रबैया रहेको छ । भारतेली शासक वर्गले उन्नति, प्रगति, लय र गतिमा रहेको अर्काे देशको थाप्लोमा क्षति र बर्बादी थोपर्ने कुलत बसालेको छ । यो वर्गले यसप्रकारको उल्टो बुद्धि अंग्रेजबाट विरासतका रुपमा पाएको हो । उहिले अंग्रेजले पंजाब हडप्न यस्तै तिगडम अपनाएको थियो । आफ्नो उत्थानमा रहेको देशमाथि छिमेकीको ‘खराब नजर’ कति भारी पर्छ सिक्किम पतनको इतिहास साँक्षी छ ।
‘मलाई फाल्न सक्तैनन’ भन्ने ओली कथनको गूढ अर्थ रहेको छ । हुन पनि राष्ट्रपति, सेनापति वा अदालतमध्ये एकले मर्यादाको उलंघन नगरी ओलीको बहिर्गमन संभव थिएन । न भन्दै जनादेश छायाँमा पार्ने गरी आएको परमादेश ओलीमाथि भारी पर्यो । यसप्रकारका चलखेलहरुका मूल जरा मुलुकभित्र छैनन, । काठमाडौं उपत्यकाको भूगोल जति नै ३१६ वर्ग किमिमा क्षेत्रफलमा विस्तारित कालापानी क्षेत्रको अतिक्रमित भूमि प्राप्तीका लागि हिम्मत गर्दा ओलीले सत्ताच्युत हुनुपरेको छ

खाए पनि बाघको मुख रातै नखाए पनि बाघको मुख रातै । सत्ताको मौसमी चरित्र भन्दा जनताको न्यानो काख एमालेका लागि अरुको लाख आमाको काख सरह छ । एमालेले इतिहासको निर्णायक मोडमा जननेता मदन भण्डारी र राजनेता केपी ओली जस्ता तेजकरार महानायकहरु पायो । जनताको सचेतना, जनताको एकता, जनताको शक्ति र जनताको आशीर्वाद नै चुनौतीहरुसँग जुध्ने सबैभन्दा भरपर्दाे हतियार हो । जनताको एकीकृत पहल र हस्तक्षेपप्रतिको निष्ठा, कला र संस्कारले युवाहरुको हरेक पुस्तालाई युक्त पार्नमा जनताको बहुदलीय जनवादी स्कुलिङका महागुरु भण्डारी र ओलीको जोडबल रहने गर्यो । सचेत, संंगठित र आन्दोलित जनता, इशारा बुझ्ने गतिशील र अनुशासित युवापुस्ता र समय चेत बोकेको सुविचारित विचार सिद्धान्त भएको राजनीतिक दल कसैले चोर औंलो ठड्याउदैमा कुहेर जाने फर्सी कुभिण्डो होइन ।
‘मोदीमय भारत’को लागि बेचैनीको विषय ‘ओलीमय नेपाल’ बन्नुको आधार नै नेपाली जनताको असली औकात हो र हिमालयजस्तै उचो, मजबुत, शान्त र स्निग्ध स्वाभिमान हो । ओली प्रेरित युवापुस्ता नै एमालेको शक्ति ऐठन पार्ने माधव–झलनाथ प्रवृत्तिको लागि आँखाको कसिंगर हो र नेपालको शक्ति ऐठन पारेर भारतीय हस्तक्षेपलाई सघाउने प्रचण्डहरुदेखि नेपालीको स्वाभिमानप्रति ईश्या गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मका साझा टाउको दुःखाईको विषय हो । प्रचण्ड र माधव नेपालहरुलाई गुजारा चलाउन ओलीको टेबल उल्टा नपारि भएको थिएन र भारतका लागि कम्फर्टेबल नबनी भएको छैन तर बहुदलीय जनवादीहरुले जनताको एकता मजबुत पार्दै, विश्वास जित्दै, आशीर्वाद थाप्दै मोदी भक्तहरुलाई हप्काउने हैसियत हासिल गर्नु छ र कायम राख्नु छ ।
नेपालको राजनीतिमा तमासा देखिनुमा प्रमुख रुपमा तीन पक्षले काम पाएको छ । एकातिर जागेका जनता र भारतीय वक्रदृष्टिबीच टक्कर छ । अर्कोतिर भारतद्वारा पालित, पोसित, प्रशिक्षित र परिचालित एजेन्ट र कठपुतलीहरुको जगजगी तेश्रो पक्षको रुपमा रहेको छ । कमजोर लोकतन्त्र र विभाजित जनमतमा अधिनायवाद र हस्तक्षेपलाई समान लाभ रहँदै आएको लामो सिलसिला छ । प्रकट अधिनायकवाद नखप्ने भएपछि प्रचण्डको छद्म अधिनायकवादी चलखेल जारी छ । नेपालमाथिको हस्तक्षेप महंगो साबित भएपछि भारत पनि रन्थनिएको छ । पछिल्लो कम्फर्टेबल साहित्य जुन रचिएको छ, यो नवीनतम षडयन्त्र र चोचोमोचोको अभिन्न र नवीकृत हिस्सा हो । प्रचण्ड र भारतका छक्का पन्जाका अगाडि लोभी, अदूरदर्शी, पामर र निर्देशित नेताहरु मैनझै पग्लिए पनि ओली नगल्नुमा देशभक्ति र दूरदृष्टिको रसायनले काम पाएको छ ।
भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एकलौटी श्रेय ओलीलाई जान्छ । सन्तसँग सरल, शालीनसँग नरम, विद्धतसँग विद्धत र घामडसँग महाघामड बन्न सक्ने ओलीको बहुआयामिक ब्यक्तित्व संकटग्रस्त नेपालका लागि झाडापखालका बिरामीलाई जीवनजल सरह साबित भएको छ । प्रचण्ड ईच्छा नहुँदा नहुँदै पनि हिंसा त्याग्न बाध्य हुनुमा, अधिनायकवादी अभिष्ट लुकाउन बाध्य हुनुमा, जनसमुदाय र विश्व समुदायको आँखामा छारो हाल्नका निमित्त नै सही, शक्ति पृथकीकरणको लोकतान्त्रिक जनै लगाउनुमा, प्रकट अधिनायकवादलाई छद्म अधिनायकवादको स्वरुप दिनमा, चुनाबी तालमेल र एकताको नाटक मञ्चन गर्नुमा बहुदलीय जनवादी विचारधाराले पारेको चेपानको महत्वपूर्ण भूमिका रहेको छ । राज्य र सेनाको सिप नचलेको अधिनायकवाद र उग्रवामपन्थ जुम्ल्याहा ठगलाई लोकतन्त्रको परेड खेलाउनु जनताको बहुदलीय जनवादीहरुले पाएका सफलता मध्ये महानतम र सर्वश्रेष्ठ सफलता हो ।
मरेको बाघको जुँगा उखेल्नु र ढलेको रुखको टुप्पो चढ्नु सजिलो ठान्ने मानवीय कमजोरी राजनीतिमा यदाकादा दोहरिने खतरा रहन्छ । तर राजनीतिमा हासिल गरेका सफलता वा चिर्न सकेका चुनौतीलाई सानो सम्झने मानवीय कमजोरी नै कालान्तरमा गएर राजनीतिमा भयावहपूर्ण संकटको आधार हुने खतरा हुन्छ । यसर्थ हमेशा सक्रिय राजनीतिको अर्जुनदृष्टिमा युवाहरुको हरेक पुस्तालाई जनताको संघर्षले स्थापित गरेका उपलब्धिहरु माथि अपनत्ववोध गराउने हुनुपर्दछ । जनताको राजनीतिले चेतना स्तरको क्षयीकरण र विचारको विस्मृतिको खतरा दोहरिन दिनु हुँदैन । जनयुद्धको उठानदेखि नै नेपाल राष्ट्र खारेजीको ठूलै षडयन्त्र भएको संकेत विभिन्न गतिविधि, चलखेल, साँठगाँठ र हर्कतहरुको समष्ठी अध्ययनबाट थाह पाउन सकिन्छ ।
राप्ती, भेरी र कर्णालीमा शहिद खेती र मानव ढाल उद्योग चलाएर प्रचण्ड र डा. बाबुरामलाई नोयडाको मानव तबेलामा भारतीय संस्थापनले थुनेर बिद्रोहको लगाम नै नियन्त्रणमा राख्नुको अभीष्ट के थियो ? संविधान घोषणा जस्तो राष्ट्रिय अठोट र महोत्सवबाट नेपाललाई पछि हटाउन एस जयशंकरलाई विशेष दूतका रुपमा किन पठाइयो ? प्रदीप गिरीले ख्याती र गगन थापाले संभावनासँग संझौता गरेर नेपाली कांग्रेसलाई संविधान घोषणा जस्तो राष्ट्रिय संकल्पबाट बिमुख गराउन कम्मर कसेर लाग्नुको कारण के थियो ? एकाएक टिकापुरमा रचिएको जातीय विद्वेष, नाकाबन्दी, सीमा घेराऊको कारण के थियो ? संसदले लिम्पियाधुरामाथि गरेको हकदाबीपछि नेपालको लागि जंघारको लौरो बनेको दुईहिाई बहुमत नजिकको सत्तारुढ दलको बिभाजन गर्न एकाएक ओलीबिरुद्ध प्रचण्ड, माधव र झलनाथहरुलाई किन उतारियो ? यी सवालहरु यस्ता आँखी झ्यालहरु हुन्, जहाँबाट हामी अधिनायवादको लोकतन्त्रप्रतिको नियत र विस्तारवादको नेपालप्रतिको हकर्तलाई चियाउन सक्छौं । प्रचण्डलाई भारतले किन घरज्वाइँलाई जस्तै पाल्यो, पोस्यो त ? यसबारेमा दरबार र काँग्रेस किन तै चुप मै चुप भए त ? आगामी दिनमा हुने त्यस प्रकारको मर्यादाको उलंघनमाथि प्रश्न उठाउने हिम्मत नेपालले देखाउन सक्ला ? यी यस्ता सवालहरु हुन्, जसले नेपालको लागि स्वाभिमानको मजबुत मेरुदण्डको आवश्यकता औंल्याउँछन् ।
राष्ट्र निर्माण एक निष्ठा, कला र विज्ञान हो । राष्ट्ररक्षा एक कठोर तपस्या हो । निष्ठाको बारीमा विचरण गर्ने धमिरा, छेपारा र चमेरा धपाउनकै लागि हो– देशभक्तहरुको जीवन । जुन देशको, जुन पुस्ताले आफ्नो समयमा यसप्रकारको संवेग फैलाएर जनउभार ल्याउन सक्छ, त्यो देशले, त्यो देशका जनताले बर्बादी र असफलता भोग्नु पर्दैन । देशको उभोगति र अधोगति समकालीन जनताको चेतना, एकता, त्याग, जुझारुपन, तीक्ष्ण राजनीतिक सुझबुझ, देशको आफ्नो शस्त्र बल र शास्त्र बल जस्ता सामथ्र्यहरुले निर्धारण गर्दछन् । मातृभूमि नेपाल पूर्खाहरुको ठूलो त्याग, तपस्या, सुझबुझ, मेहनतले बनेको मुलुक हो । चीन र भारत जस्ता विशाल भूगोल, ठूलो जनसंख्या र विराट अर्थतन्त्र भएका देशले समेत सिप नचलेर जुन अंग्रेज साम्राज्यसँग शिर झुकाएका थिए, त्यही अंग्रेजसँग शानदार युद्ध लडेर नेपालले खाँडो पखालेको थियो ।
जनताको सराहनीय साथ, धाप र आशिर्वाद पाएर चुनाबी संग्रामबाट विजेता बनेको विश्वको एक मात्र कम्युनिष्ट पार्टीको सफलता रुपी प्रताप सूर्यलाई नेपाली राजनीतिका आग्रही लाटोकोसेराहरुले हिसाब किताबसहित हेर्न चाहेनन । ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बन्यो । जनादेशबाट बनेको ओली सरकार अदालतको परमादेशबाट विस्थापन गर्ने प्रपञ्च प्रभावी बन्यो ।

विश्वमा कहिलै सूर्यास्त नहुने महान साम्राज्य, पहिलो विश्व युद्ध र दोश्रो विश्व युद्ध दुबै महायुद्धको एकमात्र अविछिन्न हिस्सा बनेको बेलायत जस्तो महाशक्तिसँग युद्ध, संझौता र दौत्य समन्ध स्थापित गर्न सक्ने नेपाल एशियाको पहिलो राष्ट्र हो । यसरी नेपाल दक्षिण एशियाको जेठो राष्ट्र हो । यसको निर्माणका लागि पृथ्वीनारायण शाहले २० वर्षे रहर लाग्दो उमेरदेखि जोतिएर लगातार ३२ वर्ष लामो धपेडीपछि ५२ वर्षको अल्पायुमै जीवन गुमाएका थिए । विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पुस्ताले जेल जीवन, निर्वासनको सामना गर्दै लोकतान्त्रिक जनमत, लोकतान्त्रिक दलहरुको निर्माण र तिनका लागि वैचारिक, राजनीतिक चिन्तनको परम्परा बसाल्नमै सिंगो जीवन खर्चिएको छ । मधेसमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग र कोदारी–काठमाडौं उत्तर–दक्षिण राजमार्गहरुको निर्माण मार्फत देशको लागि जीवन रेखा (लाइफ लाइन) दिनमा राजा महेन्द्र र राजनीतिलाई जनताको चुलो र जीविकासम्म तन्काउनमा मनमोहन अधिकारी र २०५१ सालको एमालेको नौ महिने लोकप्रिय सरकारको विशिष्ट भूमिका छ ।
वामपन्थी आन्दोलनको लोकतान्त्रीकरण मदन भण्डारीले आधुनिक नेपाललाई लगाएको बिर्सनै नहुने गुन हो । ओढारका हकदार वामपन्थीहरुलाई राजकीय भण्डारको हकदार बनाउने गरी विचार, जनाधार र सदाचारको लिकमा उभ्याएर संभावित व्यापक रक्तपातबाट नेपाललाई जोगाउन मदनको मति, गति र सरस्वती खपत भएको छ । केपीमा रहेको देशभक्ति, लोकतान्त्रिक निष्ठा, व्यवहारवादी क्रान्तिकारी चेत, उग्रवामपन्थ र अधिनायकवाद विरोधी दह्रो अडानले पृथ्वी, वीपी, मदन ‘एकमा सबै’ (अल इन वान) को ‘सुन्दर संगती’ वन्डरफूल कनेक्शन) आजको नेपालमा संभव भएको छ । खाए बाघको मुख रातै नखाए बाघको मुख रातै । सत्तामा रहँदाहोस् कि सत्ताबाट बाहिर रहँदा होस, सबै खाले सकारात्मक विरासत रक्षाको लागि दरबार, दिल्ली, उग्रवामपन्थी, वामपन्थी आन्दोलनको फुटवाद, एमालेको शक्ति ऐठनकारी तत्वको चक्रब्यूँह तोड्न जीर्ण र जर्जर कायाधारी केपी ओलीले सामना गर्नु परेको सास्ती र घातैघातको सृंखला हेर्दा घाउ नै घाउले भरिएको अचानोले पनि हात उठाउने र प्वालै प्वालले भरिएको चाल्नोका पनि आँखा रसाउने अवस्था छ । ओलीले सामना गर्नु परेका प्रमुख सहकर्मीहरु प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको वामपन्थी आन्दोलनका ‘माकुरे भ्रूण’ र ‘बन्चरी बिँड’ बन्ने रहरले गर्दा ओलीको पालामा मातृभूमि नेपाल पाउनु पर्ने बिकास र समृद्धिको सौभाग्यबाट बन्चित हुने खतरा बढेको छ ।

जनताको सराहनीय साथ, धाप र आशिर्वाद पाएर चुनाबी संग्रामबाट विजेता बनेको विश्वको एक मात्र कम्युनिष्ट पार्टीको सफलता रुपी प्रताप सूर्यलाई नेपाली राजनीतिका आग्रही लाटोकोसेराहरुले हिसाब किताबसहित हेर्न चाहेनन । ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बन्यो । जनादेशबाट बनेको ओली सरकार अदालतको परमादेशबाट विस्थापन गर्ने प्रपञ्च प्रभावी बन्यो ।
भारतीय हस्तक्षेप र दादागिरीमा भन्दा ओलीमा समस्या देख्ने, ओलीप्रतिको जनलहरदेखि जल्ने र ओलीमाथि नै खनिने प्रचण्ड–माधवको सौतेनी चिन्तन वलिबुड फिल्म पद्मावतीकी नागमतीको सौतेनी प्रवृत्ति जस्तै रहेको थियो । दिल्लीका सुल्तान उलाउद्धिन खिल्जी (रणवीर सिंह) ले चितौरका राजा रतन सिंह (साहिद कपुर ) की कान्छी श्रीमती पद्मावती (दीपिका पादुकोण) को सुन्दरताबाट लोभिएर उनलाई पाउनको लागि चितौरमाथि आक्रमण गर्छन । चितौरमाथिको संकटको दोष रानी पद्मावतीकी सौता रानी नागमती (अनुप्रिया गोयन्का) ले ‘पद्मावतीको सुन्दरता’ रहेको औंल्याउछिन । यसको प्रतिवाद गर्दै पद्मावती भन्छिन– “दोष मेरो सुन्दरतामा छैन । उलाउद्धिनको ‘खराब नजर’ र ‘खराब नियत’मा छ ।”
प्रतिक्रिया दिनुहोस्