काठमाडौं, साउन ५ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने महाशाखाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्