काठमाडौं, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले असंवैधानिक काम गरेको कांग्रेस नेता प्रदिप पौडेलले ठोकुवा गर्नुभएको छ । नेपाली कांग्रेसका नेता पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको भएपनि अध्यादेश गलत भएको टिप्पणी गर्नुभएको हो ।
हिजो केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेश ल्याउँदा पनि आफूहरुले प्रतिकार गरेको भन्दै पौडेलले देउवा सरकारको कदमपनि विगतकै प्रवृत्तिको निरन्तरता भएको टिप्पणी गर्नुभयो । ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो’, पौडेलले सामाजिक सञ्जालमा भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्