धनगढी, भदौ ३ । सुदूरपश्चिम प्रदेश सभाका दुई सदस्यबाहेक नेकपा एमालेका सवै सासंद माधव नेपालको नयाँ पार्टी एमाले समाजवादीमा नजाने भएका छन् । सुदूरपश्चिममा पूर्णा जोशी र माया भट्टले मात्र माधव नेपालको पार्टी रोज्नुभएको छ ।
यसअघि नेपाल पक्षमा रहेका अन्य १६ जना सासंद भने तत्काल नयाँ पार्टीमा नजाने भएका हुन । केन्द्रमा भीम रावल तटस्थ बसेकाले सुदूरपश्चिम प्रदेशमा यसअघि माधव नेपालनिकट रहेका अधिकांश सासंद पनि तत्काल एमाले नछोड्ने पक्षमा उभिएका हुन ।
सुदूरपश्चिममा एमालेका २५ जना सांसद रहेकामा यसअघि ७ जना ओली र १८ जना माधव नेपाल पक्षमा रहनुभएको थियो । अव दुई जनाबाहेक सवै एमालेमै रहने भएका हुन ।













प्रतिक्रिया दिनुहोस्