जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार १७:२१

थप १ हजार ६६४ जनामा कोरोना संक्रमण: निको हुनेको दर ९३.९ प्रतिशत


काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ११७ जनाको पिसिआर र ३ हजार १०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।त्यस्तै, १ हजार ७८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।