काठमाडौं, १६ भदौ । आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ । यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित थपिएका हुन्।थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। अहिले २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै













प्रतिक्रिया दिनुहोस्