जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १२:४१

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ


काठमाडौं, १८ भदौ । नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने सबै जना पुरुष छन्। उनीहरुले निषेधित क्षेत्रमा प्रदर्शन गरेको प्रहरीको भनाइ छ।

प्रकाउ पर्नेहरु एमसीसी खारेज राष्ट्रिय अभियानमा लागेकाहरु भएको बताइएको छ। ।