जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १७:५१

माधवसहित १४ सांसदबिरुद्धको मुद्धा हेर्दाहेदैमा


काठमाडौं, असोज ४ । माधव नेपालसहित पार्टीले कार्वाही गरेको सांसदका आधारमा पार्टी दर्ता भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ दायर गर्नुभएको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । एमाले अध्यक्ष ओलीले दर्ता गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय आज दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दाको सोमबार भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो । एमालेले माधवसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस नगरी नयाँ दल दर्ता गरेपछि सूचना टाँस गर्न नपर्ने निर्णय लिनुभएको थियो । एमालेले सभामुख र आयोगको सो निर्णय कानूनबिपरित रहेको भन्दै अदालत गएको हो ।