जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १२:५२

एनएमबिले आजदेखि इकाईधनीको खातामा लाभांश पठाउने


काठमाडौं, असोज ६ । एनएमबि क्यापिटलले आजदेखि आफ्नो संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश इकाईधनीको खातामा पठाउने भएको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल वानको लाभांश आजदेखि र एनएमबि फिफ्टी नामक म्युचुअल फण्डको लाभांश असोज ७ गतेदेखि सम्बन्धित इकाईधनीको खातामा पठाउने भएको हो ।

क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले मात्र लाभांश पाउन सक्नेछन् । क्यापिटलले कनेक्ट आईपीएस मार्फत समबन्धित इकाईधनीको बैंक खाता मै नगद लाभांश जम्मा गरिने जनाएको छ । क्यापिटलले बैंक खाता अध्यावधिक गराउनु पर्ने भए अध्यावधिक गराउन र डिम्याट खातामा इकाई नआएको भए डिम्याट खाता पनि अध्यावधिक गराउन आग्रह गरेको छ ।

योजना व्यवस्थापक एनएमबी क्यापिटलले आर्थिक वर्ष ७७र७८ को लागि घोषणा गरिएको लाभांश पठाउन लागेको हो । जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने छ । यो दुवै योजना एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित योजना हुन् ।