जनता टाइम्स

६ आश्विन २०७८, बुधबार १८:१७

कांग्रेस बैठकमा चर्काचर्की, रामचन्द्रको प्रस्ताव सुनेर बैठक नै छाडेर हिडे प्रधानमन्त्री देउवा


काठमाडौं, असोज ६ । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाड्नुभएको हो । पौने चार बजेबाट सुरु भएको बैठकमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सार्नुभएको थियो ।

पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको ? एनआरएन चुनाव र असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने भन्दै देउवासँग जवाफ माग गर्नुभएको थियो । पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएको स्रोतले बतायो । देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेपनि केही नेताले समाएर बस्न आग्रह गरेका थिए । त्यसपछि केहीबेर बस्नुभएको देउवाले पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै निस्किनुभएको थियो ।