जनता टाइम्स

८ असार २०७६, आईतवार १३:५४

इटहरीमा टाटाको कार मेला सम्पन्न


काठमाडौं, असार ८

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले आधिकारीक बिक्रेता गोयल अटो प्रा. लि.को सहकार्यमा सुन्दर इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको टाइगो जेटएस प्लसको इटहरीमा लन्चिङ भएको थियो ।

३ दिन सम्म चलेको मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु बिक्रि भएको कम्पनीले जानकारी दिएको छ । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो । यस मेलामा ग्राहकहरुले अन द स्पट फइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन जस्ता सेवा तथा सुविधाहरु रहेको जानकारी दिएको छ ।