जनता टाइम्स

३१ श्रावण २०७५, बिहीबार १०:४४

प्रदिप र साम्राज्ञीः पर्दामा जोडिन नसकेको एक जोडी


अहिले नायक प्रदिप खड्का आफै चलचित्र ‘लभ स्टेशन’ निर्माणको लागि लागिपरेका छन् । भदौ २२ गते ‘रोजी’ चलचित्र रिलिजपछि प्रदिप यो चलचित्रमा व्यस्त हुनेछन् । यो चलचित्रका लागि २ नायिकाको आवश्यकता छ ।वुझिएअनुसार, यसका निर्माता गोविन्द शाही नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गर्न लागिपरेका छन् । तर, अझै कुरा मिलेको छैन । नायिका जसिता गुरुङ भने फाइनल भएको वुझिएको छ ।

यसरी, बारम्बार अवसर आएतापनि साम्राज्ञी र प्रदिपले एकसाथ काम गर्ने मौका भने पाएका छैनन् । दुबैजना एकसाथ काम गर्ने चाहना भने राख्छन् । दर्शकले पनि यो जोडीलाई एकपटक पर्दामा हेर्न चाहेका छन् । हालैमात्र, यी दुइले एक विज्ञापनमा भने काम गरेका छन् । विज्ञापनमा काम गरेतापनि दुइलाई २ घन्टा लामो