अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। संगीतकार पोखरेलकै शब्द रहेको बाँध मायाले गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ।
असोज ५ गतेदेखि प्रदर्शनमा आउने बाँध मायाले सविर श्रेष्ठ निर्देशित सिनेमा हो। सिनेमामा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय छ। यसै फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गरेका छन्।
रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन्। फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन्।
प्रतिक्रिया दिनुहोस्